बिहिबार, माघ २४, २०८१

रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी


कान्तिपथ


रौतहट- जिल्ला प्रशासन कार्यालय रौतहटले इशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सृजना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्युआदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर प्रहरी चौकीसम्मको क्षेत्रमा हिजो साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रजिअ रेग्मीले बताउनुभयो ।

गत फागुन ३ गते सरस्वतीको मूर्ती बिसर्जनको क्रममा मोतिपुरमा दुईपक्षबीच विवाद र झडप भएको बिषयलाई लिएर हिजोपनि विवाद र झडपको स्थिति उत्पन्न भएकोले सर्वसाधारणको सुरक्षाका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत