बिहिबार, बैशाख ६, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • टिकट नपाएपछि एमसीसीको बहाना बनाएर येशु चौलागाईंको टिमले छाड्यो माओवादी

टिकट नपाएपछि एमसीसीको बहाना बनाएर येशु चौलागाईंको टिमले छाड्यो माओवादी


कान्तिपथ


नेकपा माओवादी केन्द्र रामेछापका दर्जनौं नेताहरुले माओवादी केन्द्रबाट राजीनामा दिएका छन् । सामूहिक राजीनामा दिने नेताहरुले नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश कमिटीलाई सम्बोधन गर्दै राजीनामा दिएको एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

पार्टीबाट सामूहिक राजीनामा दिनुपर्ने कारण खुलाउँदै जारी गरिएको विज्ञप्तिमा पार्टी परिवारवादमा फसेको, जनताको हितमा नरहेको एमसीसी पास गरेको, राष्ट्रिय स्वाधिनताको विषयमा पार्टीले ठोस कुरा गर्न नसकेको बताउँदै उनीहरुले पार्टीबाट सामूहिक राजीनामा दिएको उल्लेख गरेका छन् ।

कान्तिपथसंग बोल्दै रामेछापका एक माओवादी नेताले भने, ‘चुनावमा टिकट नपाएपछि मनोनयन दर्ताको अघिल्लो दिन एमसीसी र राजनीतिक कारण देखाएर पार्टी छाडेका हुन्’ । नारायणकाजी समूहका उनीहरु जहिल्यै पुर्व पार्टीको मनोविज्ञान बोकेर भाग खोज्दै यशु चौलागाईले नेतृत्व गरेको यो समूह पार्टी भित्र विवाद सृजना गर्नेमा पर्थ्यो । पार्टीको महाधिवेशन र एमसीसी पास भएको महिनौ पछि अवसरवादमा लेपन लाउन विज्ञप्ति निकालेछन, उनले भने ।

उनका अनुसार चौलागाईंको समूहले एमाले प्रवेशका लागि एमाले निकट निर्माण व्यवसायी रत्न गौतमसंग बाक्लै हिमचिम बढाएका थिए । दोरम्बाका स्थानीय नेताहरुका अनुसार बागमती प्रदेश कमिटी सदस्य बन्न नपाएको झोकमा उनीहरु चिडीएका थिए । उनलाई एमालेको चुनाव चिन्हबाट चुनाव लड्न दिने आश्वासन दिईएको छ।

यसरी राजीनामा दिनेहरुमा यशु चौलागाई, चितलाल श्रेष्ठ, रामकुमार लामा, अन्जान लामा, श्याम घिसिङ, रोजबहादुर योञ्जन, प्रेम कुमार श्रेष्ठ, रेमबहादुर थापामगर, भीमबहादुर थापामगर, सन्तोष मैनाली, बाबुराम अधिकारी, बसन्त भण्डारीलगायत रहेका छन्



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत