सोमवार, माघ ७, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमाले महानगरका उम्मेदवार: गाँजा अभियन्तादेखि सुनको सिक्री चोरका आरोपितसम्म !

एमाले महानगरका उम्मेदवार: गाँजा अभियन्तादेखि सुनको सिक्री चोरका आरोपितसम्म !


कान्तिपथ


नेकपा (एमाले)ले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ५ महानगरपालिका र ९ उप–महानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो ।

बैठकले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ, भने उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै, ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाएको छ । स्थापित चर्चित गाँजा अभियन्ता हुन् ।

पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको जानकारी गराइएको छ । त्यस्तै भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी र वीरगञ्ज महानगरको मेयरमा विजय सारवगीलाई उम्मेदवार बनाइएको छ । एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल अवकाश प्राप्त शिक्षक हुन् ।

पोखरा महानरपालिका १९ पुरनचौरका पौडेल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् । पोखराका लागि एमालेका मेयर उम्मेदवार पौडेलले केही वर्ष अघि प‌ृथ्वी चोकमा रहेको एक सुनचाँदी पसलबाट सिक्री चोरेका कुरा तरुण पत्रिकाले उल्लेख गरेको छ।

सीसीटिभी फुटेजका आधारमा पौडेलले सिक्री चोरेको प्रमाणित भएपछि उनले पछि सिक्री फिर्ता गरेका थिए । यो तथ्य एमालेको पोखराका नेताहरूले अनौपचारिक संवादमा भनेका हुन् । उनी एमालेको पोखरा महानगरका अध्यक्षसमेत भइसको छन् ।

तर, उक्त दुवै महानगरको उममेयरको उम्मेदवार भने तोकिएको छैन । यसैबीच विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी नै रहेको छ । यसैबीच एमालेले ९ वटा उपमहानगरको पनि उम्मेदवार टुङ्गो लगाएको छ ।

नेपालगञ्ज उपमहानगरको प्रमुखमा पशुपतिदयाल मिश्र र उपप्रमुखमा शान्तिदेवी ढकाललाई उम्मेदवार बनाइएको छ । त्यस्तै तुलसीपुर उपमहानगरको प्रमुखमा टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरीलाई उम्मेदवार बनाइएको छ ।

यता घोराही उपमहानगरको प्रमुखमा नरुलाल चौधरी र उपप्रमुख हुमा कुमारी डिसीलाई उम्मेखवार बनाइएको छ, भने बुटवल उपमहानगरको प्रमुखमा बाबुराम खड्का र उपप्रमुखमा सावित्रादेवी अर्याललाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै बैठकले धनगढी उपमहानगरको प्रमुखमा रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला राना थारु तथा हेटौंडा उपमहानगरको प्रमुखमा अनन्त पौडेल, उपप्रमुखमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाइएको छ ।

यता धरान उपमहानगरको प्रमुखमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बुलाई उम्मेदवार बनाइएको छ, भने इटहरी उपमहानगरको प्रमुखमा यमकुमार सुब्बा र उपमेयरमा संगिता चौधरी तथा कलैया उपमहानगरको प्रमुखमा विनोद साहलाई उम्मेदवार बनाइएको छ । कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाँकी रहेको छ । त्यस्तै जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार नै तोकिएको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत