दोलखाको विगु गाउँपालिका वडा नं ६ को आलम्पुका नेकपा एमालेका सयौं नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान उनीहरुलाई बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, बिगु गाउँपालिका अध्यक्षका उम्मेदवार संजिव ओली लगायतले पार्टीमा स्वागत गरेका छन् ।
एमाले परित्याग गरी माओवादी प्रवेश गर्नेमा एमाले वडा नं ६ आलाम्पुका वडा सचिव रोहित थामी,वडा सदस्य मानध्वज थामी,वडा सदस्य जिल्ला थामि,टोल कमिटी अध्यक्ष डबल थामि लगायतका एक सय जना रहेका छन् ।
नवप्रवेशीलाई वनमन्त्री विशाल खड्काले पार्टीमा उचित जिम्मेवारी दिने बताएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ