चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनमा आबद्ध दलले वडाको भागबण्डामा पनि सहमति गरेका छन् । सहमतिअनुसार नेपाली कांग्रेसले माओवादी अध्यक्ष प्रचण्ड तथा मेयरकी उम्मेदवार रेणु दाहालको १४ नम्बर वडासहित २० वटा आफ्नो भागमा राखेको छ भने माओवादीलाई पाँच र नेकपा एसलाई तीनवटा दिएको छ ।
कांग्रेसले १,२,३,४,५,६,७,८,१०,१४,१५,१६,१७,१८,१९,२०,२१,२३,२७,२९ मा अध्यक्ष लिने भएको छ । त्यस्तै माओवादीले ११,१३,२४,२५,२८ नम्बर वडा अध्यक्षको उम्मेदवार लिनेछ भने नेकपा एसले ९, १२ र २२ नम्बर वडामा भाग पाउने भएको छ । २६ नम्बर वडामा कुरा मिल्न बाँकि छ, जहाँ माओवादीले दाबी छाडेको छैन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ