आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुवै उपमहानगरपालिकामा प्रमुख दलहरुले उम्मेदवारको नाम टुङ्ग्याएका छन् ।
सत्तासाझेदार दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली कांगे्रसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) दाङका नेता जोगबहादुर राना उम्मेदवार बन्नुभएको छ । त्यस्तै नेकपा (एमाले)ले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई प्रमुख र स्यानी चौधरीलाई उपप्रमुखमा उम्मेदवार बनाएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिकामा सत्तासाझेदारदलबाट माओवादी केन्द्रका हेमराज शर्मा नगरप्रमुखमा र उपप्रमुखमा कांग्रेसका भूपबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस जिल्ला सभापति शङ्कर डाँगीले जानकारी दिनुभयो । एमालेले हालका नगरप्रमुख नरुलाल चौधरीलाई दोहो¥याएको छ भने उपप्रमुखमा हुमा डिसीलाई उम्मेदवार बनाएको छ ।
यसैबीच जिल्लामा आज मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार आज साना दलहरूलाई बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताका लागि समय उपलब्ध गराइएको छ भने भोलि अर्थात् उम्मेदवारी दर्ताको अन्तिम दिन प्रमुख दललगायतले उम्मेदवारी दर्ता गर्नेछन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ