मुगु– सत्ता साझेदार दलहरूका बीच मित्रवत् प्रतिस्पर्धाको गरेर निर्वाचनमा जाने सहमति भएको छ । जिल्लामा रहेका चार स्थानीय तहमा ती दलबीच बाँडफाँटबारे शनिबार साँझ सहमति हुन नसकेपछि मित्रवत प्रतिस्पर्धामा जाने निर्णय गरेका थिए ।
आइतबार र सोमबार दुई दिन उम्मेदवारको मनोनयन दर्ताको समय भएकाले शनिबारसम्म सहमति गर्ने वा नगर्ने दबाबमा दलहरू थिए । केन्द्रको निर्णय नमान्दा आ–आफ्ना पार्टीमा जिल्लाको छवि खराब देखिने भएपछि जिल्लाका शीर्षनेता शनिबार मध्यरातमा सहमतिमा पुगेका हुन् ।
सहमतिअनुसार छायाँनाथ रारा नगरपालिकामा रहेका १४ वडामध्ये नौ वडासहित नगरप्रमुख, खत्याड र सोरु गाउँपालिकामा रहेका ११ वडामध्ये ५–५ वडासहित उपाध्यक्ष र मुगुम कार्मारोङमा रहेका नौ वडामध्ये ५ वडासहित अध्यक्षमा कांगे्रसलाई सत्तासाझेदार दलहरूले सहयोग गर्ने सहमति भएको कांगे्रस मुगुका उपसभापति हरिजङ्ग शाहीले जानकारी दिनुभयो ।
यस्तै छायाँनाथ रारामा उपप्रमुख, खत्याडमा अध्यक्ष र मुगुम कार्मारोङमा उपाध्यक्ष माओवादीले र सोरुको प्रमुख समाजवादीले उम्मेदवार उठाउने सहमति भएको थियो । वडा सङ्ख्यामात्र सहमति भएकाले जिल्लाभरि कुन–कुन वडा कुन पार्टीले लिने र कति सदस्य कसले लिनेबारे आज सहमति गरेर उम्मेदवार टुङ्गो लगाउने र उम्मेदवारी दर्ता गठबन्धन दलहले सोमबार गर्ने उपसभापति शाहीले बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ