एमालेले हिजो राति अबेर महानगर र उपमहानगरका मेयर र उपमेयरका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । छ वटामध्ये पाँचवटा महानगर र ११ वटामध्ये नौ वटा उपमहानगरमा मात्र एमालेले आफ्ना उम्मेदवार तय गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले उक्त नामलाई अन्तिम रुप दिएसङ्गै देशको राजधानीबाट फेरि उठ्न लागेका केशव स्थापितमाथि यौन दुराचारको आरोप लाग्न शुरु भएको छ ।
काठमाडौंका मेयर उम्मेदवार तथा बागमती प्रदेशका पूर्वमन्त्री केशव स्थापितलाई काठमाण्डौ महानगरपालिकाकी पूर्व कर्मचारी रश्मिला प्रजापतीले गम्भीर चारित्रिक आरोप सामाजिक सन्जालमार्फत लगाएकी हुन् । सामाजिक सञ्जालमा स्थापितलाई यौन दुराचारी भनिएको छ ।
उक्त आरोप लगाउँदै स्थापित मेयर हुँदाताकाकी काठमाडौं महानगरकी तत्कालीन कर्मचारी,महिला अधिकारवादी तथा सञ्चारकर्मी रश्मिला प्रजापतिले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एमालेले काठमाडौंमा मेयर हुने कोही योग्य व्यक्ति नपाएर एक यौन दुराचारीलाई उठाएको छ र पद पाउने भएपछि खुबै महिलाको वकालत गर्ने एक युवा महिला तिनै दुराचारीको मतियार बन्न तयार भए,छि कति दुर्गन्धित राजनीति !’
उनले फेरी लेखेकी छन्, ‘म एमाले पार्टीको बिरोधी होइन, सो पार्टीमा थुप्रै राम्रा ब्यक्तिहरु पनि छन् । तर एउटा जिम्मेवार दलले यौन दुराचारी मात्र होइन हालसम्म कै ‘भ्रस्ट’लाई मेयर उम्मेदवारी दिएकोमा बिरोध हो ! गलत ब्यक्ति र गलत प्रवृत्तिको बिरोध हो !!’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ