शुक्रबार, चैत्र २७, २०८२

खानेपानी मन्त्रीले ओलीलाई भने, ‘विदेशको हैन मेलम्चीको पानी खानुस’


कान्तिपथ


खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई मेलम्चीको पानी पिउन आग्रह गरेका छन् । एक कार्यक्रमका बीच काठमाडौंमा मेलम्चीको पानी वितरणको शुभारम्भ गर्दै मन्त्री चौधरीले प्रतिपक्षी दलका अध्यक्ष ओलीले मेलम्चीबारे झुठो र कपोकल्पित कुरा गरेको आरोप लगाए ।

शुक्रबार स्थानीय तह चुनावका लागि घोषणापत्र सार्वजनिक गर्दै ओलीले आफ्नै बाचा अनुसार चैतभित्र मेलम्चीको पानी काठमाडौं खसाल्न नसकेको भन्दै गठबन्धन सरकारको आलोचना गरेका थिए ।

सरकारले वर्षामा बाढी पसेपछि पानी होइन, भल टनेलमार्फत काठमाडौंमा खसाल्ने उनले बताएका थिए । ‘पूर्वप्रधानमन्त्री ओलीज्यूलाई सुन्दरीजलमा रहेको टि्रटमेन्ट प्लान्टबाट शुद्ध गरी काठमाडौंबासीको घर-घरमा जोडिएको पाइपबाट आएको मेलम्चीको पानी पिउन आग्रह गर्न चाहान्छु । म त यही धर्तीको पानी खाँदै आएको छु,’ मन्त्री चौधरीले भने,’तर उहाँ सायद विदेशबाट मगाएर पानी पिउनु हुन्छ कि ? कहाँको पानी पिउनु हुन्छ मलाई थाहा छैन, मेलम्चीको पानी शुद्ध छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत