शुक्रबार, बैशाख ११, २०८३

१ करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ


कान्तिपथ


काठमाडौं । नेपाल प्रहरी ले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं को टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगा बाट २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोदप्रसाद धिताल लाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराई का अनुसार अभौतिक मुद्राको अवैध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले पक्राउ परेकाबाट तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटिएको २७ लाख ३० हजार रुपैयाँ बराबरको चेक, विभिन्न बैंकका चार वटा एटिएम कार्ड, एक थान नागरिकता, दुई वटा चारपाङ्ग्रे सवारीसाधन र एक वटा दुईपाङ्ग्रे सवारीसाधन तथा तीन थान सवारी दर्ता किताब बरामद गरेको जनाएको छ।

यसका साथै छ वटा मोबाइल, NcellNepal Telecom का ३१ वटा सिम कार्ड र एक थान कम्प्युटर पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौं बाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत