नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–०७९ को घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितले घोषणापत्र सार्वजनिक गरेका हुन्।
कांग्रेसले घोषणापत्रमा नेपाली नागरिकको औसत आयु ८० वर्षको हाराहारीमा पुर्याउने उल्लेख गरेको छ। ‘नेपाली नागरिकको औसत आयु ८० वर्षको हाराहारीमा पुर्याउने, मातृ मृत्यु र शिशु मृत्यु दरलाई मध्यम–आय भएका मुलुकहरुको दाँजोमा झार्दै स्वास्थ्य क्षेत्रमा राज्य प्रत्यक्ष सेवा प्रदायकको भूमिकासँगै बलियो नियमन र सर्वसुलभ बीमा मार्फत स्वास्थ्य सेवाको क्रेताको रुपमा पनि उपस्थित हुनेछ,’ घोषणापत्रमा उल्लेख गरिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ