बिहिबार, चैत्र ६, २०८१

फेसबुक सीईओ जुकरबर्गमाथि रुसको प्रतिबन्ध


कान्तिपथ


रुसले आफूमाथि चौतर्फी रुपमा लागिरहेको प्रतिबन्धको जवाफमा आफुले पनि धेरैजना अमेरिकी व्यक्तित्वहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ । पछिल्लो दुई महिनादेखि युक्रेनमा जारी रुसी आक्रमणका कारण अमेरिकालगायतका पश्चिमा मुलुकहरूले रुसमाथि कडा प्रतिबन्धको नीति अख्तियार गरिरहेका छन् ।

रुसले अनिश्चितकालसम्मका लागि रुस प्रवेशमा प्रतिबन्ध लगाएका अमेरिकी व्यक्तित्वहरूको सूचीमा मेटाका सीईओ मार्क जुकरबर्ग समेत परेका छन् । रुसले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसदेखि लिंक्डइनका सीईओ र्यान रोस्लान्स्की लगायत माथि प्रतिबन्ध लगाएको हो ।

रुसविरुद्ध त्रास फैलाएको भन्दै उसले कतिपय चर्चित अमेरिकी पत्रकारमाथि समेत प्रतिबन्ध लगाएको छ । रुसी विदेश मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार प्रतिबन्धमा पर्ने पत्रकारहरूमा एबिसी टेलिभिजन च्यानलका पत्रकार जर्ज स्टेफानोपोउलसलगायत रहेका छन् ।

रुसले यसअघि नै रुसविरुद्ध अफवाह फैलाउने काम गरेको र आफ्नो मुलुकको कानुन उल्लंघन गरेको भन्दै विभिन्न चर्चित पश्चिमा इन्टरनेट प्लाटर्फमहरूमाथि बन्देज लगाइसकेको छ । रुसमा फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाइएको छ भने गुगल न्यूजमा पहुँच सीमित गरिएको छ । युट्युबमाथि पनि रुसले चेतावनी जारी गरिसकेको छ ।

युक्रेनमाथि रुसी हमाको विरोध गर्दै एप्पल, गुगल तथा माइक्रोसफ्टलगायतका विभिन्न प्रविधि कम्पनीहरूले रुसमा आफ्नो सेवा बन्द तथा स्थगन गरिसकेका छन् ।

यसअघी नै अमेरिका तथा विभिन्न पश्चिमा मुलुकहरूले रुसका राष्ट्रपति भ्लादमिर पुटिन, उनका छोरीहरू, रुसका विभिन्न नेता तथा अर्बपतिहरूमाथि प्रतिबन्ध लगाएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत