बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा नेकपा ९एमाले०का तर्फबाट उम्मेदवार भएपछि उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।
उहाँले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा दिएको जानकारी दिनुभयो । यसअघि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनका लागि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको थियो । उहाँहरु दुवै एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ