आइतवार, अशोज २७, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत मालपोत अधिकृत घूससहित पक्राउ

प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत मालपोत अधिकृत घूससहित पक्राउ


कान्तिपथ


जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख, मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले सोवाग्राहीबाट लिएको १ लाख ५० हजार अतिरिक्त रकमसहित नियन्त्रणमा लिएको छ। बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिए बापत सेवाग्राहीबाट १ लाख ५० हजार रकम लेनदेन गरेको अभियोगमा पनेरुलाइ अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

सेवाग्राहीबाट लिएको अतिरिक्त रकम १ लाख ५० हजार रुपैंया सहित मालपोत अधिकृत पनेरुलाई नियन्त्रणमा लिएको भन्ने जानकारी आएको छ’ प्रवक्ता भण्डारीले भने। उनले थप बिषयपछि थाह हुने समेत बताए। फुङ्लिङ वडा नं ४ को कोप्चेलाइनसहित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

गत साउन महिनाबाट चलेको यो प्रकृयाको कागजी प्रकृया भइसकेको र लेनदेनकै कारण सम्वन्धित धनीलाई कागजात भने बुझाउन बाँकी रहेको अवस्थामा यो घटना भएको समेत अख्तियारले प्रारम्भिक जानकारी दिएको छ। उनी यसै वर्ष प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत भएकी थिइन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत