बिहिबार, चैत्र २९, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • दुई हाईप्रोफ़ाईल ‘डन’ को जुँगाको लडाई: टिकट माग्ने कार्यकर्ताको रामधुलाई !

दुई हाईप्रोफ़ाईल ‘डन’ को जुँगाको लडाई: टिकट माग्ने कार्यकर्ताको रामधुलाई !


कान्तिपथ


काभ्रेको नमोबुद्ध नगरपालिका मेयरको टिकट सम्बन्धी विवाद हुँदा मेयरका दाबेदार रोशन पाण्डे कुटिएका छन् । उनीमाथि कांग्रेसका क्षेत्रीय सभापति तथा मेयरका उम्मेदवार कुन्साङ लामाले आक्रमण गरेका हुन् ।

आक्रमणबाट पाण्डेको शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । पाण्डेलाई शिर मेमोरियल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । पाण्डे स्थापित पत्रकार समेत हुन् ।

काभ्रे कांग्रेसमा पत्रकार समेत रहेका पाण्डे गणेश लामा पक्षधर हुन भने उनीमाथि कुटपिट गर्ने मेयर उम्मेदवार कुन्साङ लामा तीर्थ लामा पक्षधर हुन् । गणेश र तिर्थ दुवै देउवा निकटका हुन् । उनीहरु विवादास्पद पृष्ठभूमिका हुन् । गणेश केन्द्रिय सदस्य हुन् भने तिर्थ जिल्ला सभापति । तीर्थ लामा दोश्रो संबिधानसभा सदस्य समेत रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत