बुधबार, चैत्र २५, २०८२

संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस टर्की जाने


कान्तिपथ


१२ बैशाख संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस सोमबार टर्कीको भ्रमणमा जानुहुने भएको छ । संयुक्त राष्ट्रसंघीय महासचिवको कार्यालयले सो कुराको जानकारी गराएको हो । उहाँले युक्रेनमा जारी रहेको रुसको आक्रमणका विषयमा सो भ्रमणका क्रममा कुराकानी गर्नुहुने भएको छ ।

उहाँले रुस र युक्रेनको पनि भ्रमण गर्न लाग्नुभएको छ । त्यस अगाडि उहाँ टर्की जान लाग्नुभएको समाचारमा जनाइएको छ । राष्ट्रसंघीय महासचिव गुटर्रेसले सोमबार नै टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।

टर्कीको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उहाँले सोमबार नै टर्कीका राष्ट्रपति एर्दोगानसँग भेट गरी युक्रेनमा जारी रहेको हिंसात्मक आक्रमणका विषयमा कुराकानी गर्नुहुने बताएको छ । युक्रेनमा युद्धविरामका लागि टर्कीले पहल गर्दै आएको छ । टर्कीकै पहलमा यसअघि पनि रुस र युक्रेनका बीचमा पटक पटक वार्ता पनि भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत