अमेरिका र इरानबीच जारी युद्ध पाँच हप्तामा प्रवेश गर्दा तनाव थप चुलिएको छ। यसैबीच इरानले अमेरिकाका दुई लडाकु विमान र एक हेलिकोप्टर खसालेको दाबी गरेको छ।
इरानी सञ्चारमाध्यमका अनुसार एफ–३५ र एफ–१५ लडाकु विमानसँगै एक अमेरिकी हेलिकोप्टर निशाना बनाइएको हो। घटनामा एक विमानका दुई चालक इरानको भूमिमा खसेका थिए। तीमध्ये एकलाई अमेरिकी टोलीले उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको जनाइएको छ भने अर्का चालक अझै बेपत्ता रहेको र खोजी भइरहेको बताइएको छ।
यस घटनापछि मिसाइल आक्रमण र विमान ध्वस्त हुँदासमेत अमेरिकी पाइलट कसरी जिउँदै बचे भन्ने विषयमा विश्वभर चासो बढेको छ।
अमेरिकी पाइलटहरूलाई यस्तो जोखिमपूर्ण अवस्थामा बच्न ‘SERE’ (Survival, Evasion, Resistance and Escape) नामक विशेष तालिम दिइन्छ। यस तालिमले पाइलटलाई शत्रुको क्षेत्रमै खसेपछि जिउँदै रहन, लुकेर बस्न, आवश्यक परे प्रतिरोध गर्न र अन्ततः सुरक्षित रूपमा बाहिर निस्कन सहयोग पुर्याउँछ।
साथै, लडाकु विमानमा आक्रमण हुनुअघि पाइलटले ‘इजेक्शन सीट’ प्रयोग गरेर तत्काल बाहिर निस्कने सुविधा पनि हुन्छ। यससँगै हुने सर्भाइभल किट र भेस्टले शत्रु क्षेत्रमा अवतरणपछि बाँच्न थप सहयोग पुर्याउने गर्दछ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ