बुधबार, फाल्गुन ९, २०८०

दोर्दी खोला जलविद्युतको आजदेखि सेयर भर्न पाउने


कान्तिपथ


दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड (दोर्दी)ले आज, वैशाख १३ गतेदेखि लमजुङ जिल्लामा आयोजना-प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपिओ जारी गरेको छ। इच्छुक आवेदकहरूले जेठ ११ गतेसम्ममा आइपिओ भर्न सक्नेछन्।

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँमा १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर निष्काशन गरेको हो। आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मको लागि आवेदन दिन मिल्छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। कम्पनीलाई इक्रा नेपाल लिमिटेडले बिबी माइनस ग्रेडिङ दिएको छ। दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड नेपालमा जलविद्युत आयोजनाको विकास र लगानी गर्ने उद्देश्यले फागुन १४, २०६६ मा स्थापित सार्वजनिक कम्पनी हो। यसले हाल लमजुङ जिल्लामा १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

यसको उत्पादन अनुमति २१०४ पुस ११ गतेसम्म छ। हाल कोभिड-१९ को प्रभावका कारण आयोजनाले व्यावसायिक उत्पान अनुमति मिति बढाइदिन प्राधिकरणलाई पत्रचार गरिहरको छ। २०७७ साउन २ मा आयोजनाले व्यवसायिक उत्पादन थाल्ने लक्क्ष लिएको भएपनि असफल भएको हो। आयोजनाको औसत ९२.९२ प्रतिशत भौतिक तथा वित्तीय काम सम्पन्न भएको आवहान पत्रमा उल्लेख छ। कम्पनीको संस्थापक सेयरधनीको रूपमा सिइडिभी हाइड्रो, राधी विद्युत, लमजुङ विकास र खारे इन्भेस्टमेन्ट लगायतका कम्पनीहरू छन्।

आयोजना दोर्दी गाउँपालिका-६ लमजुङमा छ। यसको दर्ता कार्यालय काठमाडौं-११, ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरमा छ। कम्पनीमा लमजुङ विद्युत विकास कम्पनी लिमिटेडको ८४.९५ प्रतिशत स्वामित्व रहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत