शनिबार, बैशाख १९, २०८३

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलद्वारा पार्टी परित्याग


कान्तिपथ


राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
पौडेलले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरेको छ ।

राप्रपाबाट कमल थापा अलग भएर राप्रपा नेपालको नेतृत्व गरेपछि पौडेल पनि कमल थापातिरै लागेका थिए । पौडेल कमल थापाका विश्वास पात्र भनेर चिनिन्थे । तर राप्रपा नेपालले राजसंस्था नबोक्ने निर्णय गरेपछि र एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल असन्तुष्ट थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत