सोमवार, जेष्ठ २, २०७९

सिन्धुलीको काँग्रेस कार्यालयमा आक्रमण, गाडीमा तोडफोड, सात जना घाइते


कान्तिपथ


सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीस्थित नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा बिहीबार राती आक्रमण भएको छ । काँग्रेसका वडा सभापति तथा सत्तारुढ गठबन्धनको तर्फबाट वडा अध्यक्ष उम्मेद्वार जीतबहादुर भुजेलका अनुसार नेकपा (एमाले)का कार्याकर्ताले आक्रमण गरेको आरोप लगाउनुभयो ।

आक्रमणबाट सात जना कार्यकर्ता घाइते हुनुका साथै निर्वाचनको प्रचारमा प्रयोग गरिएका करिब एक दर्जन सवारी साधन तोडफोड भएको भुजेलले जानकारी दिनुभयो । सामान्य घाइने हुनेमा कमल भुजेल, रंजित कुँवर, सन्तोष भुजेल, पेसल भुजेल, सरोज धामी, मण्डु थापा र दिनेश धामी घाइते भएको जनाएको छ ।

आक्रमणबाट निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेका ना७ख ७७७० नम्बरको ठूलो टिफर, बोलेरो गाडीमा क्षति पुगेको छ । बिहीबार राती १२ बजेतिर एक्कासि आक्रमण गरेको भन्दै घटनामा संलग्नलाई तत्काल कारवाही गर्न काँग्रेसले माग गरेको छ ।

आक्रमण बारे शुक्रबार बिहान सत्तारुढ गठबन्धन दलबीच छलफल गरेको थियो । उक्त वडामा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार रितेश राउतले घटनाको विषयमा आफूलाई जानकारी नभएको तर यस बारे बुझ्ने उहाँले बताउनुभयो ।सिन्धुलीका डिएसपी मनोजकुमार लामाले घट्नाको विषयमा बुझ्न प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको टोली खटाइसकेको बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत