काठमाडौं । ड्युटी सकेर घर फर्किँदै गरेका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको सडक दुर्घटनामा मृत्यु भएको छ।
तारकेश्वर नगरपालिका–८, डाँडागाउँस्थित सडकमा मोटरसाइकलमा सवार लामालाई ट्रकले ठक्कर दिएको थियो। बागमती प्रदेश ०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बागमती प्रदेश ०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि गम्भीर घाइते भएका लामालाई तत्काल उद्धार गरी त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीएण्डबी अस्पताल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
उनको प्रभावकारी उपचार पहलका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी आफै खटिरहेका थिए।
दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुर मनहरी–५ निवासी ३८ वर्षीय राम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ