बुधबार, चैत्र २५, २०८२

श्रीलङ्काका प्रधानमन्त्रीलाई पदमुक्त गर्न राष्ट्रपति तयार


कान्तिपथ


श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई पदमुक्त गर्न राष्ट्रपति गोताबाया राजपाक्षे तयार हुनुभएको छ । श्रीलङ्काका राष्ट्रपति गोताबाया आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत हुनुभएको हो ।

श्रीलङ्काले खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । पछिल्लो समय उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्री पदबाट हटाउनका लागि अन्तरिम सरकार गठन गर्न राष्ट्रपति राजपाक्षे सहमत भएको सांसद मैत्रीपाला सिरिसेनाले बताउनुभएको छ ।

उहाँले अब बन्ने नयाँ प्रधानमन्त्रीकाे नामबाट एक राष्ट्रिय परिषद् नियुक्ति गरिने तथा मन्त्रिमण्डलमा सबै राजनीतिक दलका सांसद सामेल हुने बताउनु भएकाे छ । यसअघि, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीले राजीनामा दिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत