भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी निजी भ्रमणका शिलशिलामा काठमाडौँमा छन् । सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेल स्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा देखिएका थिए।
त्यसपश्चात बीजेपीको सूचना तथा प्रविधि विभागका प्रमुख अमित मालवीयले ट्वीटरमा गान्धीलाई नाइटक्लबमा देखाइएको भिडियो सार्वजनिक गरेका छन् । त्यस ट्वीट पश्चात भारतमा गान्धीको विपक्षमा भारतीय जनता आक्रोशित हुन पुगेका छन् ।
“मुम्बई कब्जामा हुँदा राहुल गान्धी नाइट क्लबमा थिए। उनी एक नाइट क्लबमा हुनुहुन्छ जब उनको पार्टी विस्फोट भइरहेको छ। चाखलाग्दो कुरा के छ भने, कांग्रेसले आफ्नो अध्यक्षता आउटसोर्स गर्न अस्वीकार गरेलगत्तै, उनीहरूको प्रधानमन्त्री पदका उम्मेद्वारमा हिटहरु सुरु भएको छ,” उनले ट्वीट गरे।
Rahul Gandhi was at a nightclub when Mumbai was under seize. He is at a nightclub at a time when his party is exploding. He is consistent.
— Amit Malviya (@amitmalviya) May 3, 2022
Interestingly, soon after the Congress refused to outsource their presidency, hit jobs have begun on their Prime Ministerial candidate… pic.twitter.com/dW9t07YkzC
गान्धीको अवस्थाबारे सोध्दा कांग्रेस सञ्चार विभागका प्रमुख रणदीप सुरजेवालाले उनको बचाव गरेका छन् । “मलाई थाहा भएसम्म यो देशमा परिवार हुनु, साथीहरू हुनु, विवाह, विवाह समारोहमा उपस्थित हुनु हाम्रो संस्कृति र सभ्यताको कुरा हो। यो देशमा अझै पनि बिहे गर्नु, कसैसँग साथी बन्नु वा उनीहरुको विवाह समारोहमा सहभागी हुनु अपराध बनेको छैन,’ एआईसीसीको पत्रकार सम्मेलनमा सुरजेवालाले भने ।
गान्धी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् । एक निजी टेलिभिजन च्यानलकी पूर्व संवाददाता सुम्निमाका पिता भीम उदासले भनेका छन्–‘हामीले राहुल गान्धीलाई छोरीको विवाहमा उपस्थित हुनका लागि निम्ता गरेका थियौँ ।’ राहुल नक्साल स्थित मेरियट होटलमा बसेका छन् । वैशाख २२ मा बौद्ध स्थित हायात रिजेन्सी होटलमा सुम्निमाको विवाहको रिसेप्सन आयोजना गरिएको छ ।