बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • स्थापितको अर्को आपत्तिजनक टिप्पणी : मान्छे पनि हो कि होइन जस्तो लाग्यो !

स्थापितको अर्को आपत्तिजनक टिप्पणी : मान्छे पनि हो कि होइन जस्तो लाग्यो !


कान्तिपथ


काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका लागि उम्मेदवार बनेका केशव स्थापितले सार्वजनिक कार्यक्रममा मिटूबारे प्रश्न गर्ने युवतीमाथि अर्को आपत्तिजनक टिप्पणी गरेका छन् ।

हालै मात्र नेशनल कलेजले मेयरका उम्मेदवारहरुसँग गरेको अन्तर्क्रियामा अधिकारकर्मी भावना राउतले मिटू आरोपबारे स्थापितलाई प्रश्न गरेकी थिइन् । जवाफमा स्थापितले ‘यू आर नाइस लेडी, बट थुतुनो ठीक छैन’ भनेका थिए ।

यसको चर्को आलोचना भइरहेका बेला स्थापितले भने प्रश्नकर्ता राउतमाथि अर्को आपत्तिजनक टिप्पणी गरेका छन् । काठमाडौं महानगरपालिका–१० मा मंगलबार आयोजित कार्यक्रममा एमाले उम्मेदवार स्थापितले आफ्नो अभिव्यक्तिलाई महिला हिंसा भनिएकोमा असन्तुष्टि जनाए ।

स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलाले आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । मंगलबार चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैंत्री भएको भन्दै हिंसाको आरोप सही नभएको जिकिर गरे ।

उनले भने, ‘मैले ठूलो स्वरले कराएपछि महिला हिंसा भइहाल्ने रहेछ ! महिलाले चाहिँ चिथोरे पनि हुने, पछारे पनि हुने, ढुंगाले हाने पनि हुने !’ नेशनल कलेजको त्यो कार्यक्रममा आफूलाई अनावश्यक रुपमा उत्तैजित पारिएको समेत स्थापितले बताए ।

‘छोरीभन्दा छोरीको उमेरले बोलेको हेर्नुस्, बोलीको कर्कशता हेरौं न ! मान्छे पनि हो कि होइन जस्तो लाग्यो। अमानवले बोले जस्तो !’ प्रश्नकर्ता राउतको नाम नलिई उनले भने, ‘अमानवलाई मैले मानवीय व्यवहार गर्नुपर्छ जस्तो लागेन । त्यसपछि मैले भनेको तिमी साह्रै राम्री छौ बाहिरबाट, तर थुतुनो चाहिँ ठीक छैन । म फेरि पनि भन्छु। मेरो प्रवृत्ति यही हो ।

स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलाले आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैंत्री भएको भन्दै हिंसाको आरोप सही नभएको जिकिर गरे ।

यसअघि निर्वाचन आयोगले काठमाडौंले स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भन्दै केशव स्थापितलाई २४ घण्टे अल्टिमेटम दिंदै स्पष्टीकरण सोधेको थियो। आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण माग गरेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत