सोमवार, माघ ७, २०८१

नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्नै पार्टीबाट निष्कासित !


कान्तिपथ


नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्नै नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित भएका छन् । पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको हो ।

चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो । भेलाबाटै नयाँ पार्टी गठन गर्ने तयारी समेत विद्रोही नेताहरुको छ ।

स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएर एकअर्कालाई कारवाही गर्नेसम्म पुगेको हो । पार्टीको नीति विपरीत गएको भन्दै विप्लवले नेताहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाटै निष्कासन गरेका थिए ।

केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी दिए । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । उक्त निर्णयपछि दस्तावेजमाथि छलफल सुरु भएको लोहनीले जानकारी दिएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत