शनिबार, बैशाख १९, २०८३

जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन सिफारिस


कान्तिपथ


सरकारले जेठ ३ गते संघिय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ ।

संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

सरकारका अनुसार जेठ ३ गते अर्थमन्त्री जनादर्न शर्माले बजेटको प्राथमिकताका विषय सदनसमक्ष पेश गर्नेछन् । त्यसपछि जेठ ४ गते प्रिबजेट छलफल हुनेछ र अर्थमन्त्रीले जवाफ दिएपछि जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको एक मन्त्रीले अनलाइनखबरलाई बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत