बिहिबार, जेष्ठ ८, २०८२

पुथाउत्तरगङ्गाबाट भरुवा बन्दुकसहित एक पक्राउ


कान्तिपथ


रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा एक जना व्यक्ति अवैध भरुवा बन्दुकसहित पक्राउ परेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१४ पोबाङबाट एकनाले भरुवा बन्दुकसहित सोही ठाउँकै चन्द्रबहादुर कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

कामीलाई १४ नं वडास्थित सिद्धमण्डली मावि राङ्सिको मतदान केन्द्रको २०० मिटर आसपास क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । मङ्गलबार पक्राउ परेको कामीलाई रुकुमकोट ल्याइएको छ । निर्वाचनको मुखैमा मतदाक केन्द्र नजिकै भएर अवैध बन्दुकसहित हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत