बुधबार, फाल्गुन ६, २०८२

रगतको प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने


कान्तिपथ


पर्साको बिन्दवासिनी गाउँपालिकाका नागरिकलाई उपचारका क्रममा आवश्यक रगत लिँदा लाग्ने प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र उक्त गाउँपालिकाबीच भएको सम्झौताअनुसार पालिकाले प्रयोगशाला परीक्षणवापत लाग्ने शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो ।

कुनै पनि बिरामीलाई अन्य व्यक्तिको रगत उपलब्ध गराउँदा व्यक्तिको स्वास्थ्यमा समस्या वा केही रोग छ वा छैन भनी व्यक्तिको रगतलाई प्रयोगशालामा परीक्षणपश्चात् मात्र बिरामीलाई उपलब्ध गराउने गरिन्छ । अब परीक्षण शुल्क पालिकले व्यहोर्ने गरी रेडक्रस सोसाइटीसँग सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु शाहले जानकारी दिनुभयो । विशेषगरी गाउँपालिकाका विपन्न एवं गरिब समुदायका बिरामीलाई सहुलियत मिलोस् भन्ने उद्देश्यले सो सम्झौता गरिएको उहाँले बताउनुभयो । यसअगाडि पालिकावासीलाई उपचारका क्रममा रगत आवश्यक परेमा रेडक्रसले परीक्षणवापत लाग्ने शुल्क लिएर मात्र रगत उपलब्ध गराउने गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत