बुधबार, चैत्र २५, २०८२

उत्तर कोरियामा एक जनामा कोभिड १९ को संक्रमण भेटियो


कान्तिपथ


२९ बैशाख उत्तर कोरियामा एकजनामा कोभिड १९ को संक्रमण भेटिएको यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ । सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो संक्रमण पाइएको जानकरी बिहीबार मात्र दिएको हो ।

सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही विरामीहरुमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएको हो । यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि पाइएको समाचारमा जनाइएको छ । यो संक्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय संकटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत