बुधबार, चैत्र २५, २०८२

उत्तर कोरियाद्धारा कोभिडको नियन्त्रणका लागि कडा मापदण्ड


कान्तिपथ


१ जेठ उत्तर कोरियाले कोभिड १९ को संक्रमणबाट नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । सो मापदण्डअनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ । यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन । तर पछिल्ला केही दिनयता ज्वरोका विरामीहरु बढेकाले उनीहरुको उपचारमा भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताइएको छ ।

यहाँ शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको बताइएको थियो । उत्तर कोरियालमा पछिल्ला केही दिनहरुमा ज्वरोका विरामी बढेका पाइएको छ । ती ज्वरोका विरामीहरुमा कोभिड भएको आशंका पनि गरिएको छ । यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ ।

उत्तर कोरियाली जनस्वस्थ्य मन्त्रालयको संयोजनमा ती ज्वरोका विरामीहरुको उपचारका काम भएको छ । यहाँ ज्वरो आउने विरामीको संख्या बढ्दै गएको पनि बताइएको छ ।ती ज्वरोका विरामीमा कोभिडको संक्रमण भएको आशंका गरिएकाले उपचारमा पनि सतर्कता अपनाइएको बताइएको छ ।

यहाँका नागरिकले कोभिड विरुद्धको खोप लगाइएको छैन । यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।उत्तर कोरियाको राजधानीमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो । त्यहाँ नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिए अनुसार देशव्यापी रुपमा लकडाउन भइरहेको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत