‘चपली हाइट’ बाट नाम कमाएका अभिनेता राज घिमिरे (सानुराजा घिमिरे) नेकपा माओवादी केन्द्रको तर्फबाट ललितपुरको गोदवारी नगरपालिका ३ को वडाध्यक्षमा विजयी भएका छन् ।
स्थानीय चुनावको गएराति घोषित मतगणनामा अभिनेता घिमिरेले १०५९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राम आचार्यले १०४९ मत प्राप्त गरेका थिए ।
अघिल्लो स्थानीय चुनावमा उम्मेदवार रहेका घिमिरे पराजित भएका थिए । चुनावअघि सामाजिक संजालमार्फत उनले यदि आफूले वडाध्यक्ष जितेमा अध्यक्षतको हैसियतमा पाउने कुनैपनि सुविधा नलिने बताएका थिए । उनले आफू निर्वाचित भएमा वडालाई देशकै उत्कृष्ट वडा बनाउने प्रतिबद्धता जनाएका थिए ।
२०५७ मा उनले ‘सारा खुशी’ बोलको गीतबाट अभिनय करिअर थालेका थिए । ‘चपली हाइट’ फिल्मबाट चर्चित अभिनेता घिमिरेले अन्य फिल्म र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । यसका साथै, उनी पर्यटन तथा होटल व्यवसायमा पनि सक्रिय छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ