शुक्रबार, चैत्र २७, २०८२

पाकिस्तानको पेसावरमा गोली हानी दुई जना व्यापारीको हत्या

२ जेठ पाकिस्तानको पेसावर शहरमा आइतबार गोली हानेर दुई जना व्यापारीको हत्या गरिएको समाचार छ । समाचारअनुसार यहाँ दुई जना स्थानीय व्यापारीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेका थिए । पेसावरको प्रहरीले दिएको जानकारीअनुसार आइतबार साँझ मोटर साइकलमा आएका दुई अज्ञात व्यक्तिले ती दुई जना व्यापारीको हत्या गरेर भागेका थिए ।

यस घटनाको कारण खुल्न सकेको छैन । पेसावर प्रहरीका प्रवक्ताले अल्पसंख्यक जातीका ती व्यापारीलाई गोली हानेपछि सो क्षेत्रका सबै पसलहरु बन्द गरिएको थियो ।ती आक्रमणकारीहरुको खोजी कार्य जारी रहेको पेसावर प्रहरी कार्यालयले जनाएको छ । उक्त हत्याकाण्डपछि सो क्षेत्रका अल्पसंख्यक जातीका नागरिकले दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका थिए ।


कान्तिपथ

गणेश विक, सुरक्षा/अपराध बिटमा समाचार लेख्छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत