बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसका मिनबहादुर र रुपामा एमालेका नवराज निर्वाचित

माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसका मिनबहादुर र रुपामा एमालेका नवराज निर्वाचित


कान्तिपथ


स्थानीय तहको निर्वाचन अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङ नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । मिनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गर्नु भयो भने विक्रमले ५ हजार ५ सय १५ मत प्राप्त गर्नुभयो ।त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै सीता अधिकारी निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका सीता तिवारीलाई ४ सय २५ मतान्तरले पराजीत गर्नुभएको हो । अधिकारीले ५ हजार २ सय ७५ मत प्राप्त गर्दा तिवारीले ४ हजार ८ सय ९७ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेसका गीमाया गुरुङलाई एकहजार ६ सय १२ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । ओझाले पाँचहजार सातसय ४९ मत प्राप्त गर्नुभएको थियो भने कांग्रेसका गुरुङले चारहजार १ सय ३७ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेका लालसुब्बा गुरुङले पाँचहजार तीनसय ३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेसका नारायण श्रेष्ठलाई एक हजार एक सय ७९ मतान्तरले पराजित गर्नुभएको हो । श्रेष्ठले ४ हजार एक सय ५३ मत प्राप्त गर्नुभएको थियो । कास्कीका चार गाउँपालिकामध्ये दुईको नतिजा आउन बाँकी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत