वडाध्यक्ष निर्वाचित भएको विजय जुलुसका सहभागी चढेको बस दुर्घटना हुँदा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० शंकरापुरमा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
एमालेबाट वडा अध्यक्ष निर्वाचितको विजय जुलुसमा सहभागी भएका व्यक्ति चढेको सवारी साधन अनियन्त्रित भएर दुर्घटना भएको हो । ‘२५ जना बोकेको सवारीसाधन अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय रपन्देहीका प्रमुख प्रहरी निरीक्षक मनोज केसीले जानकारी दिएका छन् ।
बुधबार दिउँसो लु १ ख ८०७८ नम्बरको बस नियन्त्रण गुमाउदा पल्टिन पुगेको थियो । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ ।