शुक्रबार, जेष्ठ ३, २०८२

इलाम नगरपालिकामा कांग्रेसका थापा र दाहाल विजयी


कान्तिपथ


इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा कांग्रेसका केदार थापा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धीरेन चेम्जोङलाई दुई हजार ५२८ मतअन्तरले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।

कांग्रेसका उम्मेदवार थापाले १३ हजार ११५ मत प्राप्त गर्दै विजयी हुनुभयो भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धीरेन चेम्जोङले १० हजार ५८७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गर्नुभयो । उहाँले १३ हजार ५४२ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

प्रतिस्पर्धी एमालेकी उम्मेदवार सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गर्नुभयो । २०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो ।

इलाम नगरपालिकामा जम्मा १२ वटा वडा छन् । नौ वटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने तीन वटा वडामा एमालेका उम्मेदवार अध्यक्ष पदमा विजयी हुनुभएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत