नेपाली कांग्रेसका एक कार्यकर्ताले निर्वाचित वडा अध्यक्षलाई अपशब्दमा गाली गर्दै काटेर फाल्ने धम्की दिएका छन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा बझाङ्ग जिल्लाको छबिसपाथिभेरा गाउँपालिका गठबन्धनका दलभित्र भाग लगाउदा माओवादीको भागमा पर्यो । माओवादी केन्द्रका उम्मेदवार बसन्तबहादुर चलाउने पालिका अध्यक्षमा निर्वाचित भैसकेका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका लछिमन बोहरा निर्वाचित भएका छन् ।
वडा तहको भागबण्डा गर्दा वडा नं २ नेपाली कांग्रेसको भागमा पर्यो । तर कांग्रेसका वडाअध्यक्षका उम्मेदवार विनोद रावल पराजित भए । त्यहाँ स्वतन्त्र उम्मेदवार पविन्द मण्डेल निर्वाचित भए । कांग्रेस विरुद्ध उठेका मण्डेल माओवादी पृष्ठभूमीका हुन् । मण्डेललाई भोट हालेको कांग्रेसलाई भोट नहालेको भन्दै त्यहाँका कांग्रेस कार्यकर्ताको धाकधम्की सुरु भएको छ । एक स्थानीयले त वडा अध्यक्षका उम्मेदवार विनोद रावलका कार्यकर्ताले रक्सीको नसामा आफ्ना नाबालिग छोराछोरीले सुन्न नसकिने गालिबेईज्जत गरेको भन्दै सामाजिक संजाल फेसबुक कै पोष्ट राखेकी छन् ।
यसरी कांग्रेस हारको पिडा सहन नसक्ने व्यक्तिको सुचीमा सरकारी तलबधारी पनि छन् । पुराना कांग्रेस कार्यकर्ता, हाल उपप्राध्यापक तथा सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीका स्वकीय सचिव विराट कठायतले त अपशब्दको वर्षात गर्दै काटेर फाल्दिने धम्की दिएका छन् । यो गाली अन्य कांग्रेस कार्यकर्ताबाट नि आईरहेको निर्वाचित वडा अध्यक्ष पविन्द मण्डेलले कान्तिपथलाई जानकारी दिए । उनले आफुलाई सुरक्षाको खतरा पनि रहेको बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ