शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमाले-राप्रपा गठबन्धनलाई साढे १२ हजार मतान्तरले हराउदै रेणु दाहाल विजयी

एमाले-राप्रपा गठबन्धनलाई साढे १२ हजार मतान्तरले हराउदै रेणु दाहाल विजयी


कान्तिपथ


चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छन्। नेकपा एमालेका विजय सुवेदीलाइ साढे १२ हजार मतान्तरले पराजित गर्दै रेनु विजयी बनेकी हुन्।

मतगणना केहिबेर अघि सकिएको हो। रेनुले ५२ हजार ३० मत ल्याइन्। विजयले ३९ हजार ५ सय ८१ मत पाए। रेनु गठबन्धनबाट साझा उम्मेदवार थिइन्। विजय एमाले-राप्रपाबीचको गठबन्धनका उम्मेदवार थिए।

रेनु भरतपुर महानगरको निवर्तमान प्रमुखसमेत हुन्। २०७४ मा भएको निर्वाचनमा उनले एमालेकै देवी ज्ञवालीलाई जम्मा २ सय ३ मतान्तरले मात्रै हराएकी थिइन्।

दोस्रोपटकमा भने रेनु १२ हजार बढीको फराकिलो मतान्तर राख्न सफल भइन्। रेनुका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याए।

उपप्रमुखमा पनि गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्। अधिकारीले २२ हजार ४ सयको फराकिलो अन्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका हुन्। अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउदा गुरुङले ३० हजार ६ सय १२ मत पाइन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत