बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • ब्यापारीलाई धम्काएर ७ करोड डिल गर्ने विप्लवका कार्यकर्तासहित ७ पक्राउ

ब्यापारीलाई धम्काएर ७ करोड डिल गर्ने विप्लवका कार्यकर्तासहित ७ पक्राउ


कान्तिपथ


व्यापारीलाई धम्क्याएर ७ करोड रुपैयाँ माग गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ७ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुजन आचार्य, टेक विक, धर्मराज थापा, रमेश भण्डारी, बसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की छन्। टेक विक नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भएको खुलेको छ। यसअघि नेकपा एमालेका नेता तथा सांसद्‌ गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा बम राखेको आरोपमा पनि उनी पक्राउ परेका थिए।

पक्राउ परेका सातै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत