राष्ट्रिय मानव अधिकार मन्चले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लगातार मुल्यवृद्धि गरेको कारण आम सर्वसाधारण मर्कामा परेको भन्दै फिर्ता गर्न सरकारलाई मन्चले ध्यानाकर्षण गराएको हो।
पेट्रोलियम पदार्थको मूल्य–वृद्धिले हरेक क्षेत्रको महँगी बढ्ने भएकाले मन्चले विभिन्न ६ बुंदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउनु परेको मन्चका अभियन्ता विनोद ढुंगेलले बताए। उनले मूल्य वृद्धि फिर्ता लिएर गरिब जनतालाई राहत प्याकेजको व्यवस्था गर्नुपर्ने स्पष्ट पारे।
‘मुल्य समायोजन गर्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घटदा नघटाई आयल निगमले चुहावट नियन्त्रणमा पटक्कै ध्यान नदिने, घाटा हुँदा पनि आफ्ना कर्मचारीलाई बोनस र भत्ता वितरण गर्ने र कर्मचारीको मनोमानीलाई लुकाएर निगमलाई निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक–पटक मुल्य वृद्धि गर्ने कदम प्रति मन्चले चिन्ता ब्यक्त गरेको छ । पेट्रोलियम पदार्थको मूल्य–वृद्धिले तमाम क्षेत्रको महँगी बढ्न गई सेवाग्राही र जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिएर गरिब जनतालाई राहत प्याकेजको व्यवस्था गर्न जोडदार माग गरिएको ढुंगेलले बताए ।
हेर्नुस ज्ञापन पत्र:


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ