बिहिबार, जेष्ठ ८, २०८२

१२ झोलङ्गे पुल निर्माण लागि ४८ जनालाई तालिम


कान्तिपथ



पूर्वाधार विकास कार्यालयको आयोजनामा जिल्लाका नौ गाउँपालिकाका १२ युवालाई झोलङ्गे पुल निर्माणसम्बन्धी तालिम प्रदान गरिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाका नौ स्थानीय तहका उपभोक्ता समितिका पदाधिकारी चौबिस र मिस्त्री चौबिस गरी ४८ महिला÷पुरुषलाई नमूना झोलुङ्गे पुल निर्माण तालिम दिइएको कार्यालयका निमिक्त प्रमुख प्रभाकरप्रसाद सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार ग्रामीण विकास सेवा केन्द्रको साझेदारीमा प्राविधिक सहयोगी संस्था हुरन्डेक इन ज्वाइन्ट भेन्चर विथ सेवक जेभी नेपाल र टिबीयसयू÷हेल्भेटासको सहयोगमा उक्त कार्यालयबाट जिल्लामा १२ झोलुङ्गे पुल निर्माण हुँदै छ । आर्थिक वर्ष २०७९÷८० भित्र निर्माण गरिसक्नुपर्ने झोलङ्गे पुलका लागि आठ दिने तालिम प्रदान गरिएको हो । निर्माण हुनलागेका जिल्लाका ती पुलका लागि १२ वटै उपभोक्ता समिति गठन भइसकेको छ । सोही उपभोक्ता समितिका पदाधिकारी दुई÷दुईजना तथा प्रत्येक पुल निर्माण आयोजनाका दुई÷दुई मिस्त्री गरी ४८ जनालाई तालिम प्रदान गरिएको हो । ग्रामीण विकास सेवा केन्द्रका कार्यक्रम संयोजक नवीन शर्माले बताउनुभयो ।

उहाँका अनुसार दुई वर्षको अवधिमा जिल्लाका आठबिस र चामुण्डाबिन्द्रासैनी नगरपालिकाका साथै ठाटिकाँध, भैरवी, नौमुले, भगवतीमाई, डुङ्गेश्वर र गुराँस गाउँपालिका र महाबू गाउँपालिकाका विभिन्न स्थानमा गरी कूल १२ वटा झोलङ्गे पुल निर्माण हुँदैछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत