शुक्रबार, चैत्र २७, २०८२

बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्र


कान्तिपथ


अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिरहेका छन् । उनले आफ्नो बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्रको रुपान्तरण रहेको बताए । शर्माले बजेटका विभिन्न प्राथमिकताहरु प्रस्तुत गर्दा कृषिलाई पहिलो नम्बरमा राखेका हुन् ।

उनले भने, ‘कृषि क्षेत्रको रुपान्तरण सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको छु ।’

सरकारले आगामी वर्षलाई ‘कृषि उत्पादनको वर्ष’ का रूपमा मनाउने भएको छ । नेपालमा नै कृषि उत्पादन वृद्धि गर्नका लागि सरकारले कृषि उत्पादन वर्ष मनाउन लागेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत