मङ्लबार, बैशाख १५, २०८३

रक्सी र तासको कर बढ्यो: इन्टरनेटको घट्यो


कान्तिपथ


मदिरा उत्पादनमा प्रयोग हुने स्पिरिटको कर बढाएपछि मदिराजन्य उत्पादन महंगो हुने भएको छ। सरकारले आगामी आर्थिक बर्षको बजेट संसदमा प्रस्तुत गर्दै मदिारामा प्रयोग हुने स्पिरिटको मुल्यमा प्रतिलिटर १० रुपैयाँ कर बढाएको छ। तर ७० युपीभन्दा माथिको मदिरामा भने कर बढाएको छैन।

त्यस्तै जौबाट बनेको वियरमा पनि प्रतिलिटर कर २२८ रुपैयाँ पुर्याएको छ। जुन चालु आर्थिक बर्षमा जम्मा १९८ प्रतिलिटर कर छ। सरकारले इनर्जी ड्रिङ्सको कर पनि बढाएर प्रतिलिटर ५० रुपैयाँ पुर्याएको छ। जुन प्रतिलिटर ३६ रुपैयाँ छ।

सरकारले बढाएको कर भने आइतबार राती देखि नै लागु हुनेछ। त्यस्तै सरकारले तासको कर दोव्वरले बढाएको छ। यसअघि तासमा प्रति प्याकेट ५ प्रतिशत कर लाग्दै आएकोमा अव भने १० प्रतिशत लाग्ने भएको। नेपालमा तासको आयात बार्षिक १३ करोडको हाराहारीमा हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

तर सरकारले सरकारले इन्टरनेट र दूरसंचार सेवामा पनि कर घटाएको छ। दूरसंचार सेवा दस्तुरवापत यसअघि १३ प्रतिशत लिँदै आएको कर ३ रुपैयाँले घटाएर १० प्रतिशत कायम गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत