शुक्रबार, चैत्र २७, २०८२

सरकारले बढायो मोबाइलमा कर, अब १८ प्रतिशत तिर्नुपर्ने


कान्तिपथ


सरकारले आर्थिक विधेयक मार्फत स्मार्ट फोनहरुमा कर बढाएको छ। अर्थमन्त्री जनार्दन शर्माले स्मार्ट फोनको अन्तशुल्क बढाएका हुन्। स्मार्ट फोनहरुमा ५ प्रतिशत अन्तशुल्क पुर्याएको छ। यसअघि मोबाइल र वाइरलेस टेलिफोनकोलागि २.५ प्रतिशत अन्तशुल्क लाग्दै आएको थियो।

मोबाइलमा अब १३ प्रतिशत भ्याट सहित १८ प्रतिशत कर लाग्ने भएको छ। सरकारले मोबाइलको भन्सार महशुलमा सरकारले पूर्ण छुट दिदै आएको छ। मोबाइल आयातकर्ताले नेपालमा अवैध आयातका मोबाइल सहज चल्ने हुँदा सरकारले झन् राजश्व गुमाउने बताउँछन्।

मोबाइल आयातकर्ताले सरकारलाई मोबाइलको दर्ता हुने सफ्टवेयर एमडीएमएस प्रणाली लागू गर्न माग गर्दै आएका छन्। सरकारले उक्त सफ्टवेयर सुचारु गरे अवैध आयात बन्द हुने बताउँछन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत