मङ्लबार, बैशाख ३०, २०८२
  • गृहपृष्‍ठ
  • यातायात
  • मुग्लिन–पोखरा सडक विस्तारका लागि दैनिक ५ घण्टा पृथ्वीराजमार्ग बन्द हुने

मुग्लिन–पोखरा सडक विस्तारका लागि दैनिक ५ घण्टा पृथ्वीराजमार्ग बन्द हुने


कान्तिपथ


पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ। मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो।

आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द रहने मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। नियमितरुपमा यातायात सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्द गरी काम गर्न लागेको उनको भनाई छ।

सो समय अगाडि वा पछाडिमात्र उक्त सडक वारपार गरिदिन सर्वसाधारणलाई आग्रह गर्दै यसबाट सर्वसाधारणमा पर्न जाने असुविधा प्रति सडक योजना क्षमाप्रार्थी रहेको बताइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत