सोमवार, बैशाख १५, २०८२
  • गृहपृष्‍ठ
  • यातायात
  • दुर्घटनापछि जोमसोम गएन विमान, घोरेपानीमा स्टेशन राख्न सांसदले गराए सरकारको ध्यानाकर्षण

दुर्घटनापछि जोमसोम गएन विमान, घोरेपानीमा स्टेशन राख्न सांसदले गराए सरकारको ध्यानाकर्षण


कान्तिपथ


पोखरा-जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान जेठ १५ गते दुर्घटनामा पर्‍यो । विमान दुर्घटना परेपछि नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम लागु गरेको छ । उक्त नियमपछि न्यून मात्रामा विमानले पोखराबाट जोमसोम उडान गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रेम प्रसाद तुलाचनले बताएका छन् ।

आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै तुलाचनले दुई स्थानमा स्टेशन राख्न माग गरेका छन् । उनले भने,’ अहिले नागरिक उड्डयन प्राधिकरणले प्रस्थान र अवतरणको स्थानमा मात्रै मौसम सफा नभएर सम्पूर्ण रुट सफा हुनुपर्ने नियम ल्याएपछि १५ गते देखि अहिलेसम्म २५ गते मात्र एउटा उडान भयो । त्यसमा जिम्मेवारी कसैले लिन नसकेको अवस्थामा प्रविधिकहरुले घोरेपानीमा स्टेशर र टावर स्थापना गरे मात्र उडान हुन सक्ने भन्ने खबर आएकाले यसलाई मध्य नजर गरेर नेपाल सरकारले छिटो भन्दा छिटो पर्यटन मन्त्री ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । उक्त दुई स्टेशन बनाउनको लाग जोडदार माग राख्दछु ।’

पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली, चार भारतीय तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत