शुक्रबार, चैत्र २७, २०८२

एमसीसीको विरोध गर्न विप्लवहरु याक एण्ड यतिमा !


कान्तिपथ


नेकपा विप्लवले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा विरोध कार्यक्रम गर्न लागेको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै विप्लवले याक एण्ड यतिको प्राङ्गणमा विरोध कार्यक्रमको आयोजना गरेको हो । एमसीसीको नेपाल कार्यालय होटल याक एण्ड यतिको हाताभित्र राखिएको छ ।

केही बेरअघि उक्त समूहका केहि व्यक्तिले कमलादीबाट विरोध र्याली निकालेका छन् । उनीहरुले प्रज्ञा प्रतिष्ठानको उत्तरतर्फको गेटबाट एमसीसीको विरोध गर्दै जुलुस निकालेका हुन् ।

विप्लव समूहले आज एमसीसीको काठमाडौं कार्यालयमा विरोध प्रदर्शन र घेराउको कार्यक्रम राखेको हो । कार्यक्रम पार्टी केन्द्रीय सदस्य चिरन पुन मगरको नेतृत्वमा भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत