सरकारले पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक बढाएपछि यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ। विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो।
यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ। स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ