सरकारले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपालले प्रस्ताव गरी अमेरिकाबाट स्वीकृत भएको सम्झौता फिर्ता लिने प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो ।
सो निर्णयपछि अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ । यसअघि सत्ता पक्ष र प्रतिपक्ष दुवैले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका थिए । सो सम्झौता फिर्ता लिन संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले समेत निर्देशन दिइसकेको छ । केपी ओली प्रधानमन्त्री हुँदा सेनाले एसपीपीमा भाग लिन पत्राचार गरेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ