शनिबार, बैशाख १३, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • पेट्रोलियम पदार्थको भन्सार खारेज गरेर मुल्यवृद्धि रोक्न अखिल क्रान्तिकारीको माग

पेट्रोलियम पदार्थको भन्सार खारेज गरेर मुल्यवृद्धि रोक्न अखिल क्रान्तिकारीको माग


कान्तिपथ


सत्तासिन नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गरेको छ । संगठनकी अध्यक्ष पञ्चा सिंहले आज एक विज्ञप्ति जारी गर्दै पूर्ण रुपमा भन्सार छुटको माग गरेकी छन् ।

सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोल, डीजल र मट्टितेलमा विगत पाँच महिनायताकै सबैभन्दा धेरै मूल्यवृद्धि गरेको थियो। नेपाल आयल निगमले खरिद मूल्यभन्दा सस्तोमा पेट्रोलियम पदार्थ विक्री गर्ने गरेकोले घाटा बेहोर्नुपरेको तर्क गर्दै आएको छ।

सरकारले परल मूल्यमा विक्री गर्न नदिने र इन्डियन आयल कर्पोरेशनलाई बक्यौता तिर्न रकम पनि उपलब्ध गराउन नचाहने भएपछि मूल्य बढाउन बाध्य भएको निगमका अधिकारीहरूले बताएका छन्।

निगमले पेट्रोलियम पदार्थमा चर्को वृद्धि गरेको भन्दै उपभोक्ता लगायतले चर्को आलोचना गरिरहेका छन्। निगमका अनुसार पेट्रोल प्रतिलिटर १९९ रूपैयाँँ’ डिजेल र मट्टितेल प्रतिलिटर १९२ रूपैया पुगेकाे छ । निगमले पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएको हो।

अध्यक्ष सिंहलले भनिन, ‘इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट १३१.९१ रुपैयाँमा खरिद गरिएको पेट्रोल सर्वसाधारणले १९९ मा खरिद गर्छन् । त्यस्तै, १४६.५२ रुपैयाँमा खरिद गरिएको डिजेल उपभोक्ताले १९२ रुपैयाँमा किन्नुपर्छ । हाल पूर्वाधार करबापत पेट्रोल/डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ । सुरुमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका नाममा उठाउन थालिएको करलाई पछिल्लो समय पूर्वाधार निर्माण नामकरण गरिएको छ । उक्त शीर्षकबाट भन्सार बिन्दुमै सरकारले प्रतिलिटर १० रुपैयाँ असुल्छ ।’

सरकारले पूर्वाधारसहित विभिन्न शीर्षकमा लगाउँदै आएको कर तथा आयल निगमको खर्च शुल्कले मूल्य अचाक्ली बढेको हो । नेपाल आयल निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ६५.६१ रुपैयाँ सरकारी राजस्व लाग्छ । त्यसमा ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित खुद्रा मूल्य १९९ रुपैयाँ पुर्‍याइएको छ । क्रान्तिकारीले यी सबै कर खारेजीको माग गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत