जिल्ला अदालत नवलपरासीका न्यायाधीश अशोकुमार बस्नेतविरुद्ध न्यायपरिषद र नेपाल बार एसोसिएसनमा उजुरी परेको छ। घरेलु हिंसा मुद्दामा बहस गर्ने अधिवक्ता अमरबहादुर शाहले इजलासमा आफूमाथि न्यायाधीश बस्नेतबाट दुर्व्यवहार भएको भन्दै न्यायपरिषद र बार एसोसिएसनमा उजुरी गरेका हुन्।
सम्बन्ध विच्छेद, माना चामल र अंशसम्बन्धी मुद्दाको फैसलामा चित्त नबुझेर पुनः रिट दिएका प्रतिवादीको मुद्दा प्राकृतिक न्यायको सिद्धान्त अनुरुप न्यायाधीश बस्नेतले हेर्न नमिल्ने बताउँदा आफूमाथि दुर्व्यवहार भएको अधिवक्ता शाहले बताए।
न्यायाधीश बस्नेतले इजलासमा आफूलाई ‘गेट आउट ! म आफ्नो लागेको आदेश गर्छु’ भनेको अधिवक्ता शाहले बताए। अधिवक्ता शाहलाई आफूविरुद्ध न्यायपरिषदमा उजुरी गर्न न्यायाधीश बस्नेतले धम्कीसमेत दिएर बाहिर निकालेको शाहले बताए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ